८ हजार लिटर मदिरा नष्ट : बैदाम कास्की

पोखरा, २७ साउन l
कास्कीमा घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन भईरहदा पछिल्लो समय वडा प्रहरी कार्यालय बैदामले पनि ठुलो परिमाणमा घरेलु मदिरा नियम्त्रणमा लिई नष्ट गरेको छ ।


यही श्रावण २५ गते पोखरा ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट ८ हजार लिटर तयारी तथा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरिक्षक नबिन कार्किले बताउनुभयो । साथै उहाँले घरेलु मदिरा सेवनबाट घरेलु हिंसा र अन्य जघन्य अपराधहरु समेत निम्त्याउने भन्दै आम सर्वसाधारण नागरिकलाई कानुनले समेत बन्देज गरेको घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्न तथा यदि कसैले गरेको थाहा पाएमा तत्कालै प्रहरीलाई सुचना दिन समेत आग्रह गर्नुभयो ।


उक्त स्थानमा अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण हुन्छ भन्ने स्थानिय बासिको जनगुनासोका आधारमा खटिएको प्रहरी टोलिले ठुलो मात्रामा घरेलु मदिरा नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिईएको उक्त घरेलु मदिरा स्थानिय जनप्रतिनिधी, पत्रकार तथा स्थानियको उपस्थितिमा नष्ट गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top