लायन्स रिजन ६ अन्र्तगतको पदस्थापन

पोखरा, २६ साउन l लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपाल अन्र्तगत रिजन ५ मा रहेका १२ वटा क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । रिजन ५ अन्र्तगत ९, १० र ११ गरि ३ वटा जोन रहेका छन् । जसमा रहेका १२ वटा क्लबहरुको पदस्थापन भएको रिजन ५ का रिजन चियरपर्सन तथा पदस्थापन समारोहका मुल संयोजक कृष्ण आचार्यले जानकारी दिए ।
नया कार्यकालका लागि चयन भएका क्लब अध्यक्षलाई नेतृत्व हस्तान्तरण तथा अन्य विविध कार्यक्रमहरु पदस्थापनमा भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका गर्भनर लायन अशोक कुमार श्रेष्ठले क्लबका नवनिर्वाचित अध्यक्षहरुलाई शपथ गराएका थिए । डिस्ट्रिकको नारालाई चरितार्थ तुल्याउन पदस्थापन समारोहको उद्घाटन अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेर गरिएको थियो । उक्त अवसरमा नया गठित २ वटा क्लबको उद्घाटन गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा लायन बर्ष २०१७÷१८ का क्लब अध्यक्षहरु लायन्स क्लव अफ पोखरा फेवा लेक सिटिका अध्यक्ष लायन उपेन्द्र अधिकारी, लायन्स क्लव अफ पोखरा अर्पणका अध्यक्ष लायन रेश्मा शेरचन अधिकारी, लायन्स क्लव अफ पोखरा डाउन टाउनका अध्यक्ष लायन हरिप्रसाद पराजुली,
लायन्स क्लव अफ पोखरा पिस टाउनका अध्यक्ष लायन सिता कोइराला, लायन्स क्लव अफ पोखरा फेवा फुलबारीका अध्यक्ष लायन गोविन्द गौतम, लायन्स क्लव अफ पोखरा अन्जुलीका, अध्यक्ष लायन अमृत शोभा खत्री, लायन्स क्लव अफ आदर्श सिटिका अध्यक्ष लायन गोविन्द बहादुर थापा, लायन्स क्लव अफ पोखरा टेम्पल सिटीका अध्यक्ष लायन पोष्टराज भुर्तेल, लायन्स क्लव अफ पोखरा आदर्श सेन्चुरीका अध्यक्ष लायन निलम राना, लायन्स क्लव अफ पोखरा सेन्ट्रल सेन्चुरीका अध्यक्ष लायन ध्रुव ढकाल लगायतले अघिल्लो बर्ष सम्पन्न कार्यक्रमका बारे बोलेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा लायन बर्ष २०१८÷१९ का नवनिर्वाचित अध्यक्षहरु लायन्स क्लव अफ पोखरा फेवा लेक सिटीका अध्यक्ष लायन बालकृष्ण निउरे, लायन्स क्लव अफ पोखरा अर्पणका अध्यक्ष लायन अमिता बानिया क्षेत्री, लायन्स क्लव अफ पोखरा डाउन टाउन का अध्यक्ष लायन भानुभक्त अधिकारी, लायन्स क्लव अफ पोखरा पिस टाउन अध्यक्ष लायन डा.बिनिता कोइराला, लायन्स क्लव अफ पोखरा फेवा फुलबारी का अध्यक्ष लायन संजय बस्नेत, लायन्स क्लव अफ पोखरा अन्जुलीका अध्यक्ष लायन सान्तोना पराजुली, लायन्स क्लव अफ पोखरा आदर्श सिटि का अध्यक्ष लायन रमेश वि.क, लायन्स क्लव अफ पोखरा टेम्पल सिटी का अध्यक्ष लायन भोजराज आचार्य, लायन्स क्लव अफ पोखरा आदर्श सेन्चुरी का अध्यक्ष लायन सृजना भट्टराई थापा, लायन्स क्लव अफ पोखरा सेन्ट्रल सेन्चुरीका अध्यक्ष लायन विशाल सुवेदी, लायन्स क्लव अफ पोखरा राइजिङ्ग सेन्चुरीका अध्यक्ष लायन श्रीकृष्ण गौतम लायन्स क्लव अफ पोखरा म्याग्दी का अध्यक्ष लायन लोक बहादुर भण्डारीले बार्षिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रिजन ५ का रिजन चियरपर्सन कृष्ण आचार्यले रिजन ५ अन्र्तगतका क्लबहरुको गतिबिधीका बारेमा बोलेका थिए । उक्त अवसरमा पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठ, चिफ एडभाइजर ध्रुब श्रेष्ठ, लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका गर्भनर लायन अशोक कुमार श्रेष्ठ लगायतले बोलेका थिए । लायन्स क्लव अफ पोखरा फेवा लेक सिटि लायन बर्ष १७।१८ को अध्यक्ष लायन उपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जोन ९ का जोन चियरपर्सन लायन उषा क्षेत्री, धन्यबाद ज्ञापन जोन १० का जोन चियर पर्सन लायन रहमोहन सुवेदी तथा सञ्चालन जोन १० का जोन चियरपर्सन ध्रुव ढकालले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top