मानव बेचविखन नियन्त्रणका लागि “हाम्रो अभियान”जारी

पोखरा २६ श्रावण ।
बढ्दो मानव बेचबिखनलाई नियन्त्रणगर्ने अठोटका साथ पोखराको थ्रीएञ्जल्स नेपालले सचेतना अभियान थालेको छ । मानव बेचविखनको मारमा विशेषतः १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती पर्ने गरेको अवस्थालाई दृष्टिगत गरी सचेतना अभियान शुरु गरिएको हो ।
थ्रीएञ्जल्स नेपालका फिल्ड संयोजक झरना शर्माकाअनुसार संस्थाले कास्कीका अमरसिंह नमूना मावि अम्मरसिंह,सिद्धमा विफलेपाटन, रामआधारभूत विद्यालय सिमलचौर र जनप्रिय माविमा विद्यार्थीहरुकालागि सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।


पछिल्ला समयमा मानव बेचविखनमा नयाँ–नयाँप्रयोग बढ्दै जानु चुनौतीपूर्ण बनेको भन्दै संस्थाले प्रयोगात्मक विधिको माध्यमबाट यस सम्बन्धमा सचेतना प्रदान गरेको हो । प्रत्येक विद्यालयमा ७५ जना विद्यार्थीलाई १५÷१५ जनाको दरले समूहमा विभाजन गरी खेलका माध्यमबाट ७५ मिनेटको समयावधिमा मानव बेचबिखन सम्बन्धमा जानकारी गराउने गरिएको शर्माले जानकारी दिईन् ।

सचेतनाको अभावमा युवायुवती दिनानु दिन बेचविखनमा परेका समाचार आउने गरेको  रामआधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थ राज न्यौपानेले बताए । ‘‘मानव बेचबिखन नियन्त्रणका लागि यस किसिमका सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यकछ’’उनले भने ।
मानव बेचविखन विरुद्ध “हाम्रो अभियान” नामक उक्त सचेतना कार्यक्रमका लागि थ्रीएन्जल्स नेपालका कर्मचारीहरु फिल्डमै खटिने गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top