लेखनाथमा बिहीबारदेखि जेसिज सप्ताह सुरु

lakhnath.jpg

पोखरा ,२४ साउन l लेखनाथ जेसीजले बिहीबारदेखि जेसिज सप्ताह सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा रहेका वृद्धवृद्धाको सम्मान, फलफूल वितरण तथा स्वास्थ्य परीक्षण गरी जेसीज सप्ताह सुरु गरिएको हो ।


युवाहरुले वृद्धवृद्धाको सम्मान गरी सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै जाने उद्देस्यका साथ सुरु भएको जेसिज सप्ताह कार्यक्रमको उद्घाटन गर्दै वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवा समृद्धि र विकासका पहरेदार भएकाले जेसिजले युवालाई  संगठित गराउँदै सामाजिक क्षेत्रमा अग्रसर हुन सहयोगीको भूमिका निभाएको बताए । जेसिज सप्ताह कार्यक्रममा वृद्धाश्रममा रहेका १० जना वृद्धवद्धा लगायत स्थानीयको समेत स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गरिएको थियो ।

मूल संयोजक कमल गौतमले जेसिज सप्ताह कार्यक्रमको बारेमा प्रकाश पारेको कार्यक्रममा फलफूल वितरण तथा सम्मान कार्यक्रमका संयोजक डा. सन्दीप ओझाले वृद्धाको सम्मान र सहयोग गर्नु मानवीय धर्म भएको बताए । कार्यक्रम लेखनाथ जेसिजका अध्यक्ष शालिकराम ओझाको अध्यक्षतमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top