युनिता खत्री ले सृष्टि पोखरेललाई एउटा केटी मान्छेले अर्को केटी मान्छेमाथि हस्तक्षेप गर्न लाज लाग्दैन् भन्दै यसरि थर्काईन्

‘झोला भित्र के होला’ कार्यक्रमकी संचालिका युनिता खत्री यो कार्यक्रमको कारण अत्याधिक चर्चामा छिन् । युनिता त्यो बाहेक पनि अर्को कारण यतिबेला थप चर्चामा छिन् । उनले भर्खरै दुबैमा सम्मपन्न ‘मिस वल्र्ड डाइभरसिटी’ मा उपाधी जित्न सफल भएकी छिन् । उनले सो उपाधी जितेर विश्वभर नेपाललाई चिनाउन थप मद्दत पुर्याएकी छिन् । ‘मिस वल्र्ड डाइभरसिटी’ को उपाधी जितेर नेपाल फर्किएकी युनिता सुत्र इन्टरटेन्मेन्टसँगको अन्तरवार्ता दिने क्रममा पत्रकारसँगै रिसाउन पुगेकी छिन् ।

कार्यक्रम सञ्चालिका सृष्टि पोखरेलले सोधेको प्रश्नमा खोई किन हो चित्त नबुझेपछि उनी झर्किन पुगेकी हुन् । उनले आफ्नो व्यक्तिगत कुरामा एउटा केटी मान्छेले अर्को केटी मान्छेमाथि हस्तक्षेप गरेको भन्दै निकै चित्त दुखाईन् । उनी अन्तरवार्ताकै बीचमा रुन समेत पुगेकी थिईन् । भिडियो हेर्नुसः

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top