बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिकको गीत (भिडियो)

सनी-लियोनि.jpg

पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको बायोपिकको गीत सार्वजनिक गरिएको छ । उनको बायोपिकलाई लिएर सिख समुदायले आपत्तिसमेत जनाइरहेका बेला गीत सार्वजनिक गरिएको हो । ‘करनजीत कौरः द अनटोल्ड स्टोरी’ को गीत इट्स ओके अंज्रेजीमा छ। यसमा नकिता डिसूजाले आफ्नो आवाज दिएकी छन्। यो गीतको भिडियोमा सन्नी लियोनीसँग सम्बन्धित सबै उतार चढावलाई देखाइएको छ।

उनी क्यानडामा कसरी सफल भइन र विस्तारै बलिउड अभिनेत्री बनिन् भन्ने पनि यो भिडियोमा देखाइएको छ। सन्नीको यो बायोपिकलाई आदित्य दत्तले निर्देशन गरेका छन्। अभिनेता राज अर्जुन, राइसा सौजानी, करमवीर लाम्बा, बीजेय जसजीत, आनन्द, ग्रुसा कपूर, वंश प्रधान र मार्क बुकनेरले मुख्य भूमिका निभएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top