४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

police-2.jpg

पोखरा, २५ साउन l 

स्याङजा  बिषादी सेवनबाट मृत्यु
मिती २०७५/०४/२४ गते अन्दाजी २१:०० बजेको समयमा स्याङजाको वालिङ नगरपालिका १३ सिर्सिकोट बस्ने हरि प्रसाद न्यौपानेको छोरी वर्ष १८ की निमकला न्यौपानेले ANU VISTA नामक किट्नासक औषधी सेवन गरेको भनि तत्काल उपचारको लागी २३:२० बजेको समयमा प्राथामिक स्वास्थ्य केन्द्र वालिङ ल्याएकोमा सोहि दिन राति २३:३० बजे डक्टरले मृत घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गएको छ ।

आबुखैरेनी तनहुँ  लागूऔषध सहित २ जना पक्राउ
मिति २०७५/०४/२५ गते तनहुँको आबुखैरेनी गाउँपालिका ४ चेकपोष्ट स्थित पृथ्वी राजमार्गममा ईलाका प्रहरी कार्यालय आबुखैरेनि तनहुँबाट नियमित चेकीङमा खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ५६५१ नं. को बसमा सवार जिल्ला काभ्रे काभ्रेपलान्चोक १ घर भई हाल कास्की पृथ्बिचोक बस्ने वर्ष २७ को ईश्वर लामा र जिल्ला कस्की लुम्लेकाडे गाउँपालिका ३ बस्ने वर्ष २६ को अपर गुरुङको साथबाट फेनेरागन ५६ थान,डाईजापाम ५६ थान र नुर्फिन ५६ थान गरि जम्मा १ सय ६८ थान लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

कास्की  आगलागीबाट १ लाख नगदसहित २ लाख बराबरको क्षति
मिति २०७५/०४/२५ गते अन्दाजी०७:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका (१३ माछापोखरी चोक स्थित ओम प्रसाद गुरुङको २ तले पक्की घरको माथील्लो तलाको पुजा कोठामा काठको दराज माथी दियो बत्ती बालि मर्निङ वाक गई फर्की हेर्दा सोही दियो बत्तीबाट आगोलागी हुँदा काठको दराजमा रहेको रु १ लाख नगद, अन्य लत्ताकपडा र सरसामन गरी जम्मा अन्दाजी २ लाख बराबरको क्षती भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गई आगो पुर्ण रुपमा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top