पर्वतमा नायब उपरीक्षक भुवनेश्वर तिवारीलाई स्वागत

पर्वत, २५ साउन l सामुदायकि प्रहरी सेवा केन्द्र पर्वतले पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीलाई बिहीबार स्वागत गरेको छ । तिवारीले पुलिसिङ प्रहरीले मात्रै गर्नुपर्छ भन्ने मान्यताको अन्त्य गर्दै सबै जनताले पुलिसको जिम्मेवारी वहन गर्न सकेमा मात्रै समाजमा शान्ति र अमन चयन कायम गर्न सकिने बताए । तिवारीले जनताको सेवामा लाग्दै गर्दा समुदायको साथ आवश्यक पर्न बताएका हुन् । उनले सामुदायिक प्रहरी सेवा केन्द्रलाई वार्षिक कार्यक्रम बनाएर सञ्चालन गर्न सुझाव दिँदै सामुदायिक सेवा केन्द्रको भवनलाई व्यवस्थित बनाउन पहल गर्ने बताए । साथै सिसी क्यामरा थप सहित, अहिले भएकाको मर्मत गरिने बताएका थिए ।


स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला स्थित सामाजिक सरोकालवालाको सहभागिता रहेको थियो । स्वागत तथा सम्मान कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रखुम प्रहरी सहायक निरीक्षक पूर्णिमा थापा, केन्द्रका सल्लाहकार काशीकुमार जोशी, वसन्तबहादुर सिके लगायतले तिवारिको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top