सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजन आजबाट सुरु

नेपाल आइडलको दोस्रो सिजन सुरु भएको छ । एपीवान एचडीबाट प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजनको प्रसारण आजबाट सुरु भएको हो । इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको पहिलो सिजन हिट भए लगत्तै एपिवानले दोस्रो सिजन अर्थात सिजन टुको शुरुवात गरेको हो ।

यो सिजनमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोतामातर्फत् रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइने आयोजकले जनाएको छ ।

 

आयोजकका अनुसार प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेल छन् भने निर्देशकद्वयमा एलेन श्रेष्ठ र लोकेश बज्राचार्य छन् । भैरहवा, धनगढी, वीरगन्ज, हेटौंडा, धरान, पोखरा र काठमाडौं अडिसनबाट छानिएका प्रतिस्पर्धीले आफ्नो गायन क्षमता प्रस्तुत गर्ने एपीवान एचडीले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top