सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नियन्त्रणमा

school-bus.jpg

पोखरा, २५ साउन l विद्यार्थी संगठनले पोखरामा सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नियन्त्रणमा लिएको छ । विद्यार्थी कोचेर यात्रा गरिरहेका विभिन्न स्कुलका २२ वटा बसलाई कब्जामा लिएको नेकपा निकट क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले जानकारी दिएका छन् ।


नियन्त्रणमा मदरल्यान्ड, कुमुदिनी होम्स, फिस्टेल एकेडेमी, नीलगिरि, सवलाइन, कास्की मोडनाइज्ड, ग्लोबल, पश्चिमाञ्चल, ह्यापी, भानुभक्त, बालोदय, करुणानिधि स्कुल परेका थिए । नियन्त्रणमा परेका विद्यालयका बसलाई आगामी दिनमा यस्तो घटना नदोहोर्याउन चेतावनी दिइएको छ । विद्यालय गेटमै विद्यार्थी संगठनले बसलाई नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिएका बसलाई सिट क्षमता भन्दा धेरै
विद्यार्थी नराख्न आग्रह गर्दै छोडिएको संगठनले जनाएको छ ।

आगामी दिनमा यस्तो घटना दोहोरिएमा विद्यार्थी संगठन चुप लागेर नबस्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । स्कुल बसलाई नियन्त्रणमा लिएको भन्दै विद्यार्थी नेता विशाल तामाङ, आविष्कार पौडेल, सुवास तिमिल्सिनालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top