रियल मड्रिड छोडेका रोनाल्डोले आफ्ना सहकर्मी मोर्सेलोलाई पनि सँगै लैजाने तयारी

२५ साउन l

रियल मड्रिड छोडेर इटालियन क्लव युभेन्टस गएका क्रिष्टियानो रोनाल्डोले आफ्ना पुर्व सहकर्मी मोर्सेलोलाई पनि आफु सँगै लैजाने तयारी गरेका छन् । उनले ब्राजिलयका फुटवल स्टार मार्सेलोलाई पनि सँगै लैजाने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् । रियलमा रोनाल्डो र मार्सेलोको जोडी खुबै जमेको थियो । आफ्नो नयाँ क्लबमा अनुबन्ध गराउन रोनाल्डोले मार्सेलोलाई फकाइरहेको समाचारहरु अहिले निकै चर्चा आएका छन् ।

रोनाल्डो मार्सेलोलाई पनि टोलीमा सहभागी गराएर युभेन्ट्सलाई पनि सफलताको शिखर चुमाउन चाहन्छन् । मार्सेलोले रोनाल्डोको आग्रह मानेमा युभेन्ट्सले एलेक्स सान्ड्रोलाई बेच्न सक्ने बताइएको छ । एलेक्सले समेत युभेन्ट्स छाड्न चाहेकाले क्लबले उनको मूल्य तीन करोड ६० लाख पाउन्ड तोकेको छ । रोनाल्डो रुस विश्वकप सकिएलगत्तै रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका थिए ।

मार्सेलोले रोनाल्डोको आग्रहलाई मौन समर्थन दिए पनि रियल छाड्ने निर्णय भने गरिसकेका छैनन् । स्पेनिस ला लिगामा रियलले पाएको अधिकांश सफलतामा स्ट्राइकर रोनाल्डो र मिडफिल्डर मार्सेलोको जोडीको महदत्वपुर्ण योगदान छ । नौ वर्ष रियलमा सँगै खेलेका ३३ वर्षीय रोनाल्डो र ३० वर्षीय मार्सेलोले रियललाई चारवटा ला लिगा र चारवटा च्याम्पियन्स लिग उपाधि जिताएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top