मनसुन कपको फाइनल शनिबार

पोखरा, २५ साउन l कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी मनसुन कप भेट्रान्स डबल टेनिस प्रतियोगिताको उपाधीका लागि विकास गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीसंग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत विहिबार भएको सेमिफाइनलका खेलहरुमा जित हाँसिल गरेपछि उपाधीका लागि यि जोडीको भिडन्त निस्चित भएको हो ।

सेमिफाइनलमा विकास गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले नविन चालिसे र राजु गुरुङ्गको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् । त्यस्तै लोक गुरुङ्ग र राजन पौडेलको जोडीले निरज थापा र नविन श्रेष्ठको जोडीलाई ५–७, ६–४ र ६–४ को प्रतिस्प्रधात्मक सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने प्रतियोगिता निर्देशक प्रदिप खड्काले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top