अन्नपूर्ण पद मार्गमा २० प्रतिशतले पर्यटकमा बृद्धि

annapurna-circuit-via-jomsom.jpg

अन्नपुर्ण पद मार्गमा गत बर्ष १ लाख ७२ हजार पर्यटकले पद यात्रा गरे

दीननाथ बराल पोखरा, २४ साउन ।
विश्वकै पर्यटकीय गन्तव्यमा पर्ने अन्नपुर्ण पद मार्गमा पद यात्रा गर्ने पर्यटकको सङख्यामा बृद्धि भएको छ । अघिल्लो बर्षको तुलनामा करिब २० प्रतिशतले पर्यटकहरु अन्नपुर्ण पद मार्गमा पद यात्रा गर्ने पर्यटकको सङख्यामा बृद्धि भएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना पोखराले जनाएको छ ।

गत आर्थिक बर्ष २०७४/०७५ मा १ लाख ७२ हजार ८ सय ६१ जना पर्यटकहरुले अन्नपुर्ण पद मार्गमा पद यात्रा गरेका छन भने अघिल्लो बर्षमा १ लाख ४४ हजार १ सय ९८ जनाले अन्नपुर्ण पद मार्गमा पद यात्रा गरेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना पोखराका प्रमुख विनोद बस्नेतले बताए । २० प्रतिशतले अर्थात २८ हजार ६ सय ६३ जना बढी पर्यटक गत बर्ष अन्नपुर्ण पद मार्गमा पद यात्रा गरेका हुन। ए–क्यापसले कास्की, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङका विभन्नि १५ ठाँउमा गरिएको चेकपोष्ट बाट उक्त तथ्याङक संकलन गरेको हो ।

अन्नपुर्ण पद मार्गमा जाने पर्यटकहरु मध्य सार्क मुलुकका पर्यटकहरु भने करिब ४० प्रतिशतले बृद्धि हुदा तेश्रो मुलुकका विदेशी पर्यटकहरुको सङख्या हेर्दा करिब १४ प्रतिशतले पर्यटकको सङख्यामा बृद्धि भएको ए–क्यापले दिएको तथ्याङकमा उल्लेख छ । अघिल्लो आ.ब.मा अन्नपुर्ण पद मार्गमा सार्क मुलुकबाट ३० हजार ६ सय ५ जना पर्यटकहरु पद यात्रामा निस्केका थिए भने गत आ.ब. २०७४÷०७५ मा भने ४३ हजार ३९ जना पद मार्गमा निस्केका हुन।

गत बर्ष ४० प्रतिशतले अन्नपुर्ण पद मार्गमा निस्कने पर्यटकहरुको सङख्यामा बृद्धि हुदा १२ हजार ४ सय ३४ जना बढी पर्यटकहरु पद मार्गमा निस्केको बताईन्छ । अन्नपुर्ण पद मार्गमा गत बर्ष तेश्रो मुलुका विदेशी पर्यटक १४ प्रतिशत अर्थात १६ हजार २ सय २९ जना पर्यटकहरु बढी आएका हुन। ए–क्यापले आफ्नो संरक्षित क्षेत्रमा प्रबेश गर्दा स्वदेशीलाई निशुल्क र सार्क तथा तेश्रो मुलुकका पर्यटकहरुको लागि छुट्टै शुल्क निर्धारण गरेको छ । सार्क मुलकका पर्यटकहरुको लागि अन्नपुर्ण पद मार्गमा प्रबेश गर्दा प्रबेश शुल्क २ सय रहेको छ भने तेश्रो मुलुकका पर्यटकहरुको लागि भने २ हजार शुल्क लिने गरेको छ ।

अन्नपुर्ण पद मार्गमा पर्ने धेरै ट्रेकिङ रुटहरुमा कच्ची सडक खुलेसंगै पदयात्रा पनि २१ दिनको पद यात्रा हाल ७ सातामा छोटिएको बस्नेतले बताए । नेपाल आउने विदेशी पर्यटकहरुको पहिलो रोजाई ट्रेकिङ त्यस माथि पनि अन्नपुर्ण पद मार्ग भएकोले त्यसको संरक्षण कच्ची सडकको विकल्पको लागि अन्य पद मार्गको खोजि गर्नुपर्ने उनको भनाई छ ।

टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका प्रथम उपाध्यक्ष हरि बहादुर भुजेलले ट्रेकिङ रुटमा धेरै ठाँउमा सडक बिस्तार भएसंगै पद मार्गमा निस्कने पर्यटकहरुको बसाई छोटिएको बताए । उनले भने “ पहिला हामीले २१ दिनको ट्रेकिङ रुट संचालन गरे पनि हाल एक सातामा झरेको छ, यसले हाम्रो सिंगो पर्यटनमा धेरै प्रभाव पार्दैै छ, पर्यटकको बसाई छोट्टिदा हामीलाई धेरै असर पारेको छ। ”

उनले अन्नपुर्ण गाँउपालिकाले हेलिकोप्टरबाट एविसि लैजाने नाममा जथभावि रुपमा वन जंगलको क्षेत्र हुदै हेलिकोप्टर संचालन गर्न दिएर वन्यजन्तुलाई असर हुने गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top