भूकम्पबाट जीर्ण भएको भवन पुनर्निर्माणका लागि एउटै परिवारले रु. ३० लाख सहयोग

paisa-photo-news.jpg

म्याग्दी, २४ साउन l अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनर्निर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनर्निर्माण गरेका हुन् । उक्त भवन पुनर्निर्माण गर्न एउटै परिवारले रु. ३० लाख सहयोग गरेको छ ।


विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनर्निर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले रु. ३० लाखभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले रु. ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top