अब भरतपुर महानगरपालिकामा बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला(भिडियो)

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब भरतपुर महानगरपालिका बन्ने भएको छ । मेयर रेणु दाहालका अनुसार अब कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । यसका लागि केही दिनभित्रै धुर्मुस(सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने बताइएको छद ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ । करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।

यसो त यस अघि पनि भरतपुरमा रंशाला निर्माणको कुरा बाहिर आएको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस(सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले बताएकी छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top