जेठदेखि बेपत्ता १४ वर्षीया रोजिना को अहिले सम्म लागेन पत्ता

म्याग्दी, २३ साउन l म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले रानीपौवाकी बालिका जेठदेखि बेपत्ता भएकी छन् । रानीपौवाका वीरबहादुर विश्वकर्मा र थममाया विश्वकर्माकी १४ वर्षीया छोरी रोजिना विश्वकर्मा बेपत्ता भएकी हुन् । घरबाट स्कुल जान्छु भनेर बिहान ९ बजे निस्केकी
छोरी अहिले सम्म घर नआएको आमाबाबुको भनाइ छ । बिहान खाना खाएर स्कुल छिटो जानु छ । भनेर निस्किएकी छोरी अहिले सम्म पनि सम्र्पकमा आएकी छैनन्,’ थममायाले भनिन् । आफ्ना आफन्त भएको सबै ठाउँमा बुझ्दा पनि केही पत्ता नलागेको उनले बताइन् ।


पहिला–पहिला पनि केही समय आफन्तको  गएर बस्ने घर नआउने गरेकी रोजिना लामो समय घर नआउँदा परिवारका सदस्य चिन्तामा छन् । छोरी हराएको र खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि अहिले सम्म पत्ता लगाउन नसकेको उनीको भनाइ छ । ‘पाँच
भाइबहिनी मध्ये रोजिना कान्छी छोरि हुन् । असार २ गते गलेश्वरमा महिलासँग रहेको थाहा पाएपछि हामी भोलि पल्ट नै खोज्न गयौं तर पाएनौं,’ बालिकाको दाइ मिलन विकले भने ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top