पोखरामा म्याराथनलाई महेश गुरुङ लोकबहादुर गुरुङ को सहयोग

पोखरा, २३ साउन l पोखरामा आयोजना हुने पोखरा म्याराथनलाई पोखरेली मञ्च युकेले सघाउने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजना हुने म्याराथनमा पोखरेली मञ्च युकेका सल्लाहकार महेश गुरुङ र लोकबहादुर गुरुङले सघाउने बताएका हुन् । पोखरा म्याराथनलाई पोखराको सम्पत्ती बनाउन युकेबाट खेलाडीको सहभागिता मात्र नभै पुरस्कार राशीलाई आर्कषक बनाउन सहयोग गरिने महेश गुरुङले जानकारी दिए ।

पोखरेली मञ्चका अध्यक्ष मान गुरुङले खेल र खेलाडी उत्पादनमा मञ्चले कसरत गरिरहेको बताए । युके पोखरेली मञ्चका सल्लाहकार लोकबहाद गुरुङले पोखरा म्याराथनलाई पोखरेली मञ्चले सहयोग गर्ने मात्र नभई खेलकुद क्षेत्रमा लामो समय काम गरिरहेका भूतपूर्व खेलाडी मञ्चको आजीवन सदस्यता युकेमा विस्तार गर्ने बताए । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष हरि पराजुली, महासचिव खेम गुरुङ लगायतले बोलेका थिए । मञ्चले हरेक वर्ष फागुन ७ मा पोखरा म्याराथन आयोजना गर्दै आएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top