नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्ड टेरो क्लबसँग १–० को हार

football.jpg

पोखरा, २२ साउन l एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको
छ । नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरोको ‘बी’ टिमले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । त्यही गोल नै नेपालको हारमा निर्णायक बन्यो ।


नेपालले अब १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग खेल्नेछ । थाइल्यान्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्समा नेपाल समूह डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । एसियाड भदौ २ गते औपचारिक रुपमा सुरु हुने भएपनि फुटबल भने केही दिन अघिबाट सुरु हुनेछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top