माछा बेचेर लखपति एउटेे माछा साढे पाँच लाख परने

२३ साउन l भारतको मुम्बईमा एउटै माछा बेचेर दाजुभाइ लखपति बनेका छन् । मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाइ महेश मेहर र भरत मेहर एउटै माछा बेचेर लखपति भएका हुन् । गएको शुक्रबार माछा मार्नका लागि समुद्रमा पुगेका उनीहरुले जाल थापे । जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले । सो जालमा ३० किलो तौलको एउटा माछा थियो ।

माछा लिएर तटमा आइपुग्नासाथ उनीहरुले मारेको माछाको चर्चा सुरु भयो । किनकि उक्त माछा सामान्य थिएन । घोल जातको उक्त माछा दुर्लभ हुनका साथै निकै महँगो मानिन्छ । उनीहरुसँग घोल माछा रहेको बजारभरी हल्ला फैलिएपछि लिलाममा बिक्री गर्ने निधो भयो । उक्त माछा खरिद गर्नका लागि व्यापारीहरुको भीड नै लाग्यो । अन्ततः एक व्यापारीले सो माछालाई साढे पाँच लाख रुपैयाँमा खरिद गरे ।

‘सुनको मुटु भएको’ भनिने सो माछा निकै स्वादिष्ट हुनका साथै बहुपयोगी गुण भएको मानिन्छ । यो माछा कस्मेटिक उत्पादनमा समेत प्रयोग गरिने बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top