राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अर्थमन्त्रीसंग छलफल गर्ने

Yubaraj-Khatiwada.jpg

काठमाडौँ, २२ साउन । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्य प्राप्तिका लागि भईरहेको कामका बारेमा सरकारसंग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दिगो बिकास लक्ष्य हासिल गर्न भएका काम र योजनाका बारेमा अर्थमन्त्री डाक्टर युवराज खतिवडासंग छलफल गर्ने निर्णय गरेको हो । यसअघि सोमबार बसेको प्रतिनिधीसभा अन्तर्गतको अर्थसमितिले पनि यस बिषयमा तीन दिन भित्र लिखित जानकारी गराउन योजना आयोगलाई निर्देशन दिएको थियो ।

त्यस्तै बैठकले सुशासन सम्बन्धमा उठेका प्रश्नका बारेमा गृहमन्त्री राम वहादुर थापासंग पनि छलफल गर्ने निर्णय गरेको छ । समितिको अध्यक्षता गर्नुभएका दीनानाथ शर्माले आगामी बैठक सञ्चालनका लागि कार्यविधि छिट्टो तयार गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले विधेयक निर्माणमा समितिबाट ढिलाई भयो भन्ने आवाज आउन नदिन सिद्धान्त फरक बोकेपनि एउटै पार्टी भएर काम गर्नुपर्ने धारणा राखेमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top