छिट्टै संविधान संशोधन हुने बिश्वास : स्वास्थ्य मन्त्री उपेन्द्र यादव

Upendra-Yadav-2.jpg

काठमाडौँ, २२ साउन । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने सहमतिका आधारमा संघीय समाजवादी फोरम वर्तमान सरकारमा सहभागि भएको बताउँदै अब छिट्टै संविधान संशोधन हुने बिश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले बाहुन क्षत्रीको वरिपरि मात्रै सत्ता र शासन घुमिरहेकाले देशको विकास प्रभावकारी ढंगले हुन नसकेको समेत उल्लेख गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपाल भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले अब छिट्टै संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएको विभिन्न आन्दोलनको उपलब्धीलाई संस्थागत गर्ने कार्यलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले संघीयता र गणतन्त्रलाई बलियो बनाउँन संविधान संशोधनको बिकल्प नभएको बताउँदै अहिले आएको परिवर्तन संघीय गणतन्त्रलाई सुंरक्षित गरि सबैको समान हक, अधिकार पाउँने अवस्था सृजना गर्न संविधान संशोधन अनिवार्य भएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा महिलाको हक अधिकार स्थापित गर्न प्रतिनिधीसभा बैठकमा मन्त्रालयको तर्फबाट विधेयक दर्ता गर्ने बताउँदै उहाँले यो पारित भएसंगै नेपालको महिला अत्यन्तै अधिकार सम्पन्न हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top