रिक्त रहेका संवैधानिक निकायको पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग छलफल जारी : प्रचण्ड

सिमरा, २२ साउन ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाई विशेष समितिलाई विशेष महत्व दिइएको प्रष्ट पार्नु भएको छ ।

मंगलबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसंग नेकपा अध्यक्ष दाहालले संसदको सर्वोच्चता स्थापना गर्नका लागि पहिलोपटक संसदीय सुनुवाई समितिलाई विशेष महत्व दिइएको बताउनु भयो । उहाले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पार्नुभयो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा उहाले पार्टीभित्र कुनै प्रकारको असन्तुष्टि नरहेको र नेता श्रेष्ठ प्रवक्ताकै जिम्मेवारीमा रहेको बताउनुभयो ।

दाहालले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एकभई सक्ने पनि बताउनुभयो । साउन २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने उहाको भनाई छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top