कास्की सेवा हस्पिटलमा २४ सै घण्टा बिशेषज्ञ सेवा संचालन

पोखरा, २२ साउन । पोखराको हस्पिटलचोकमा रहेको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिले २४ सै घण्टा बिशेषज्ञ सेवा संचालन गरेको छ । सघन उपचारमा एनेस्थेटिक क्रिटिकल केयर बिशेषज्ञबाट २४ सैं घण्टा मा बिशेषज्ञ सेवा उपलब्ध गराउन सुरु गरिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बताउनु भयो ।

आकस्मित अबस्थालाई ध्यानमा राखि बिशेषज्ञ जनरल प्राक्टिसनर बाट ईमर्जेन्सि सेवा संचालन गरिएको सिईओ पोख्रेलले बताउनु भयो ।समयमै उपचार गराउन नपाएर धेरैको मृत्यु हुने गरेको बताउदै पोख्रेलले त्यस्ता घटनालाई न्यूनिकरण गर्न पनि अस्पताल प्रशासनले सेवालाई पहिला प्रथामिकता दिएको जानकारी दिनुभयो । हस्पिटलमा आई.सि.यू/एन.आई.सि.यू. तथा ईमर्जेन्सिमा २४ सै घण्टा बिषेशज्ञ चिकित्सक उपलब्ध हुने ब्यबस्था गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

हाल ३ जना बिशेषज्ञ चिकित्सक २४ सै घण्टा सेवामा खटिने भएको हस्पिटलले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । हस्पिटलमा डा. कृष्ण मुरारी अधिकारी, डा. गजल पाखे, डा. सन्तोस अधिकारी, डा. सईन्द्र श्रेष्ठ, डा सनिस गुरुङ, डा. आसा पुन, असिम सुवेदी, डा अभिषेक श्रेष्ठ, डा.रामजी बराल, डा. प्रदिप भट्टराई, डा.प्रिती मिश्र लगायतका चिकित्सकहरुले सेवा दिने भएको पोख्रेलले बताउनु भयो ।

घर घरमा स्वास्थ्य सेवा उपलब्ध गाराउने हेल्थ एट होम तथा शारीरिक फिटनेसका लागि डाईटिसियन तथा फिजियोथेरापिष्ट बाट संचालन हुने डाईट एण्ड फिट जस्ता कार्यक्रम छि«टै उपलब्ध गराउने भएको प्रवन्ध निर्देशक गजेन्द्र थापामगरले बताउनु भयो । हस्पिटलमा होलवडि जाच, खेलाडीहरुको नियमित स्वास्थ्य परिक्षण लाहुरे भर्तीका लागि फिटनेशस परिक्षण संचालन भएको छ ।

एक सय शैयाको हस्पिटलमा हाल २९ जना चिकित्सक रहेका छन। डा. कृष्ण मुरारी अधिकारीले निजी क्षेत्रमा आफुहरुले अन्य हस्पिटलको तुलनामा नयाँ तथा अति आवश्यक र गुणस्तरिय सेवा संचालन गरेको दाबी गर्नुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top