दुर्घटनामा प्रश्नपत्र हराएपछि देशैभरको परीक्षा स्थगित

दमौली, २२ साउन l

दूरर्घटनामा प्रश्नपत्र हराएपछि सोमबार हुने भनिएको प्राविधिक तर्फको प्रवेश परीक्षा स्थगित भएको छ । दमौली स्थित गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र दुर्घटनामा हराएपछि देशैभरको परीक्षा स्थगित भएको हो ।  सेन्टरका शिक्षक प्रेमचन्द्र यादवले प्रश्नपत्र लिएर आएकोमा उनी सवार मोटरसाइकल आइतबार दिउँसो साढे ३ बजे डुम्रे नजिकै दुर्घटनामा परेको थिए । दुर्घटनामा उनले बोकेको प्रश्नपत्र भएको झोला हराएको बताएका छन् ।

सोमबार बिहानसम्म प्रश्नपत्रको झोला खोज्न प्रहरी परिचालन गरिए पनि प्रहरीले झोला फेला पार्न सकेन ।  प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद् (सिटिइभिटी)ले सोमबार सूचना प्रकाशित गर्दै प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा विशेष कारणवश स्थगित भएको जनाएको छ । सोमबार दिउँसो २ बजेबाट हुने भनिएको परीक्षाको मिति र समयपछि प्रकाशित गरिने उल्लेख गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top