काँडाघारीबाट अपहरित बालकको शव भेटियो, दुई अपहरणकारी मारिए

काँडाघारीबाट-अपहरित-बालकको-शव-भेटियो-दुई-अपहरणकारी-मारिए.jpg

२१ साउन । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरीसंगको मुठभेडमा मारिएका छन् ।

आइतबार साँझ आफ्न डेरा नजिकबाट अपहरणमा परेका बालकको प्रहरीले खोजी गरिरहेको थियो। भक्तपुरको सानोठिमीस्थित नवदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारी खोज्ने क्रममा भक्तपुरको डोलेश्वरस्थित घ्याम्पेडाँडामा भएको मुठभेडको क्रममा मारिएको प्रहरीले जनाएको छ।

‘अपराधीहरुलाई खोजी गर्ने क्रममा भेटिएकाहरुलाई पक्राउ गर्न खोज्दा भएको मुठभेडमा दुई जना मारिएका छन्’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने। उनीहरु साथबाट एउटा पिस्तोल र धम्क्याउन प्रयोग गरेको एउटा सिमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ। बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ।

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

 

काँडाघारीबाट अपहरित बालकको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top