गण्डकी प्रदेशमा २ हजार १ सय १४ जना कर्मचारीको दरबन्दी

Karmachari-1.jpg

पोखरा, २१ साउन । गण्डकी प्रदेशले २ हजार १ सय १४ जना मात्रै कर्मचारीको दरबन्दी पाएको छ । नेपाल सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको हो ।

संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ । जस अन्तर्गत सबै भन्दा धेरै प्रदेश नम्बर ५ र सबै भन्दा कम गण्डकी प्रदेशमा दरबन्दी तोकिएको छ ।

 

 

 

 

सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ । ७ प्रदेशमध्ये सबैभन्दा धेरै प्रदेश ५ मा  ३ हजार ८ सय २१ जना कर्मचारी पठाईने भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा  २ हजार १ सय १४ जना मात्रै कर्मचारीको दरबन्दी पाएको छ ।

ओएनएम सर्भे अनुसार प्रदेश १ मा ३ हजार ६ सय २८, प्रदेश २ मा ३ हजार १ सय ३२, प्रदेश ३ मा ३ हजार ५ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ३६ र प्रदेश ७ मा २ हजार ६ सय १३ कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

सातवटै प्रदेशमा सचिवको दरबन्दी ७, सहसचिव (अप्राविधिक ४२, प्राविधिक ७०), उपसचिव (अप्राविधिक) २ सय ४४ र प्राविधिकतर्फ उपसचिव ६ सय ५५ दरबन्दी कायम गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top