सयपत्री बचत ऋण सहकारीले पाँचौं खुला रक्तदान

Blood-Donation-Day.jpg

पोखरा, १९ साउन  l  पोखरा–११ रानीपौवाको सयपत्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाको अवसरमा
नियमित पाँचौं खुला रक्तदान गरिएको छ । कार्यक्रममा कृषि भूमि तथा सहकारी मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारीले आर्थिक
कारोबार मार्फत रोजागार, वित्तीय अनुशासन, सहकारी मैत्री सेयर सदस्य सयपत्रीमा रहेको धारणा राखे । उनले सामाजिक उत्तरदायित्व सयपत्रीले पूरा गर्दै आएको उल्लेख गरे ।


सहकारीका सचिव भीमप्रसाद न्यौपानेको सञ्चालनमा रहेको कार्यक्रममा सहकारीका सञ्चालक सदस्य एवं रक्तदान कार्यक्रम संयोजक फणिन्द्रप्रसाद लामिछानेले स्वागत गरे । लामिछानेले रक्तदानको महत्व र सहकारीको योजनाबारे जानकारी दिए । सहकारीका सदस्य नवराज रेग्मीलाई अधिकारीले ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top