पर्वतको बाढी र पहिरो पीडितलाई लायन्स क्लबले आर्थिक र खाद्यान्न सामग्री सहयोग

पर्बत, १९ साउन l  बाढी र पहिरोले प्रभावित पर्वतको जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतका लायन्स क्लबहरुले आर्थिक र खाद्यान्न सामग्री सहयोग गरेका छन् । डिस्ट्रिक्ट ३२५ बि १ अन्र्तगका पोखरास्थित विभिन्न क्लबले संकलित नगद २ लाख २४ हजार ४ सय २५, कुस्मास्थित विभिन्न लायन्स क्लबहरुबाट २५ हजार गरी २ लाख ५० हजार पीडितलाई सामूहिक आवास निर्माणका लागि सहयोग गरिएको छ भने लायन्स क्लब अफ पोखरा अन्नपूर्णले १ लाख रुपैयाँ भन्दा बढीको खाद्यान्न सामग्री र त्रिपाल वितरण गरेको छ ।


बाढी पहिरो पीडितका लागि सकंलन गरिएको नगद र खाद्यान्न अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बि १ का चिफ डिस्ट्रिक्ट एड्भाइजर काशीकुमार जोशी, डिस्ट्रिक्ट डिसेबल एड डिपार्टमेन्ट चिफ सोनाम स्याङपो,
सिनियर डिस्ट्रिक्ट एड्भाइजर एवं इमर्जेन्सी एक्सन कमिटीका संयोजक दिनबन्धु पौडेल लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

साउन १ गते राति जलजला गाउँ पालिका वडा नं ७ र ८ मा गएको बाढी पहिरोमा परी १ जनाको ज्यान गएको थियो भने १४ घर पूर्णरुपमा विस्थापित बनेका छन् । लस्दीखोलामा भएको कटान र अन्य क्षेत्रमा गएको पहिरोका कारण धेरै घर परिवार जोखिममा छन । बाढी पहिरोमा परेर घरबार विहीन भएकाहरु आफन्त र स्थानीय निजी विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । पहिरो गएको जलजला –८ बेरनेटामा घर बनाउने जमिन समेत नभएका कारण पीडित सुकुम्बासी दलितका लागि सुरक्षित स्थान खोजेर सामूहकि आवास बनाउने आवश्यकता देखिएको छ । लायन्स क्लब अफ शिवालय कुस्माकी अध्यक्ष मानकुमारी गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top