लोक कवि अलिमियाँको १२ औं शतबार्षिकीमा सम्मान

लोक संस्कृतिको संरक्षण गर्न नगरपालिका तयार : प्रमुख

पोखरा,१९ साउन l

झोरा तथा घाटु नाच संरक्षणमा महत्वपुर्ण योगदान गरेको भन्दै गायिका मन कुमारी गुरुङलाई शुक्रवार स्याङजा ज्यामिरेमा सम्मान गरेको छ ।  लोक कवि अलिमियाँको शतबार्षिकी तथा १२ औं स्मृति दिवशका शन्दर्भमा आयोजित उक्त सम्मान कार्यक्रममा पुतली बजार नगर पालिकाकी मेयर सिमा कुमारी क्षेत्रीले सम्मान गरेकी हुन ।

उनले उनले सम्मान गर्दै लोक कवि अलिमियाले देखाएको बाटोमा हिड्न सके साहित्यको विकास हुने बताईन । यस ठाउको साहित्य तथा लोक संस्कृतिको विकास गर्न सक्दो सहयोग गर्ने बताउदैं धर्म र संस्कृति बचाउन नगर पालिका लागि पर्ने बताईन । उनले यस ठाउको विकासमा वडा मार्फत नगर पालिका आउन आग्रह गर्दै हरेक लोक संस्कृतिको विकासमा सहयोग गर्नेमा जोड दिएकी छन् ।

सम्मानित व्यक्ति मन कुमारी गुरुङले लोक कवि अलिमिया बाङमय प्रतिष्ठानले गरेको सम्मानको कदर गर्ने बताईन । उनले झोरा,घाटु र झाप्प्रेको विकासमा आफु सधै लागि पर्नेमा जोड दिएकी छन् । कार्यक्रममा नवदृष्टि युवा परिवारका अध्यक्ष भक्त बहादुर गुरुङले लोपोन्मुख झोरा,घाटु र झाप्प्रे नाचलाई बचाउन यो सम्मानले गाउबासी नै उत्साहित भएको बताए ।


ज्यामिरे टोल विकास संस्थाका अध्यक्ष सन बहादुर गुरुङले अलिमिया लोक बाङमय प्रतिष्ठानले गाउ गाउमा आएर सम्मान गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रम अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष हनिफँ मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो । अलिमियाँ लोक बाङमय प्रतिष्ठानका सदस्य पदमराज उदासीले स्वागत गरेको कार्यक्रम अलिमियाँ लोक बाङमय प्रतिष्ठानका कोषाध्यक्ष तुलसी प्रवासले संचालन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top