स्मृति दिवसका अवसरमा साहित्यकार गेहेन्द्र भूषण कविता संग्रह विमोचन

बिमोचन.jpg

पोखरा, १८ साउन l लोककवि अली मियाँको शतवार्षिकी तथा १२ औं स्मृति दिवसका अवसरमा साहित्यकार गेहेन्द्र भूषण पोखरेलीको कविता संग्रह ‘तस्वीर र कवितामा मेरो प्राकृत पोखरा’ विमोचन भएको छ । कवितासंग्रह गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले विमोचन गर्नुभएको हो ।

मन्त्री पुनले साहित्यले सधैं विकृति, बिसङ्गतिका विरुद्ध, राष्ट्रियता र देश निर्माणका पक्षमा सन्देश दिने भएकाले साहित्यकारहरुका विचार र
भावनाहरुलाई राजनितिज्ञहरुले आत्मसात गर्नुपर्ने बताउनुभएको छ l    उहाँले गण्डकी प्रदेशलाई संस्कृति, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउन र यस क्षेत्रका जनताहरुलाई मात्र नभई अरु प्रदेशका जनता र विदेशीहरुलाई समेत आकर्षित गरी सेवा दिन सक्ने बनाउन प्रदेश सरकारले योजना बनाउन लागेको बताउनुभयो l

 

कविता संग्रहको समीक्षा गर्दे समालोचक प्राध्यापक डाक्टर रविलाल अधिकारीले पोखरेलीका कवितामा प्रकृति र राष्ट्रियताको गहिरो भाव रहेको बताए । प्राज्ञ रमेश श्रेष्ठ प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, साहित्यकार डा बाबुराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिदेवी कोइराला र सहजीकरण सचिव पद्मराज ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top