सलमानको फिल्मबाट प्रियंकाले हात झिकेपछि कट्रनाले ले उक्त फ्लिम खेले बापत दोब्बर पारिश्रमिक पाउने

Salman-Katrina.jpg

१८ साउन l

बलिउड अभिनेत्री कट्रिना कैफले एउटा फिल्मबाट ५/६ करोड पारिश्रमिक लिँदै आएकी छन् । तर फिल्म भारतबाट प्रियंकाले हात झिकेपछि कट्रनाले उक्त फिल्मबाट दोब्बर पारिश्रमिक पाउने भएकी हुन् । प्रियंका चोपडाले हात झिकेपछि यो फिल्म कट्रिनाको पोल्टामा आएको थियो ।

यसअघि प्रियंकाले यो फिल्मका लागि १२ करोड पारिश्रमिक डिमान्ड गरेकी थिइन्, र सलमान तयार पनि भएका थिए । तर उनी बीचमै फिल्मबाट बाहिरिएपछि यो परिश्रमिक कट्रिनाले पाउने भएकी हुन् ।

प्रियंकाले धोका दिएपछि सलमान कट्रिनालाई उच्च पारिश्रमिक दिन तयार भएका हुन् । कट्रिनाले उनीसँग पारिश्रमिकको कुनै डिमान्ड गरेकी थिइनन् । तर सलमानले प्रियंकालाई दिने भनेको पारिश्रमिक कट्रिनालाई दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कुनै समय गहिरो प्रेममा रहेका यो जोडी अहिले भने राम्रो मित्रतामा मात्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top