क्यान्सरसँग लडिरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेको अवस्था झन जटिल बन्दै

सोनाली.jpg

१७ साउन l केहि समयदेखि क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेको अवस्था दिनदिनै जटिल बन्दै गएको छ   । उपचारको लागि न्युयोर्कमा रहेकी सोनालीलाई हाइ ग्रेड क्यान्सर भएको थियो । उपचारको लागि उनले आफ्नो कपाल काटेकी उनको अबस्था झन झन जटिल बन्दै गइरहेको बताइएको छ ।

क्यान्सरसँग लडिरहेकी सोनाली गम्भिर अवस्थामा पुगेपछि उनका फ्यानले भगवानसँग प्राथना गरिरहेका छन् । सेनालीलाई क्यान्सर भएको खबर सुन्ने वित्तिकै उनलाई भेट्न अक्षय कुमार न्युयोर्क पुगेका थिए।

आफूले सोनालीलाई भेटेको कुरा स्वयं अक्षय कुमारले अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा स्वीकार गरेका छन्। ‘मलाइ थाहा छ सोनाली फाइटर हुन्। भगवानले उनलाई विरामीसँग लड्ने शक्ति प्रदान गरुन् र उनी फेरि स्वस्थ हुन्,’ अक्षयले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top