जोशीले नेकपाका सांसद पदम गिरीलाइ मुखभरीको जवाफ(भिडियो सहित)

पर्वत, १७ साउन । नेपाली काँग्रेसका पूर्वसांसद अर्जुन प्रसाद जोशीले नेकपाका सांसद पदम गिरीलाइ मुखभरीको जवाफ दिएका छन् । निर्वाचनको बेलामा निर्वाचन लगत्तै ५ हजार बृद्धभत्ता दिने लोभ देखाएर भोट भोगेको तर अहिले जनतालाई निरास बनाएको भन्दै उनले मुखभरी हुने गरी जवाफ दिएका हुन् । बजोशीले भने – “काँग्रेसलाई भोट हाल्ने जनताले मात्रै ५ हजा भत्ता नपाएका हुन कि भनेको त नेकपालाइ भोट हालेका जनताले पनि पाएका रहेन्छन्” । जोशीले भत्ताको राजनीतिक कति समय टिक्ने हो टिकाउन समेत चुनौती दिए । उनले भत्ताको राजनीति गरे संसद पुगेपनि अबको पाँच बर्षपछि जिल्लाबासीले सडकमानै उतार्ने चेतावनीपूर्ण चुनौती समेत दिए । साथै जोशीले केपी ओली सरकार र प्रचण्ड विरुद्ध पनि कडा रुपमा प्रस्तुत भएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top