जलजलामा असल छिमेकी नेपालको राहत

 पर्वत, १६ साउन l असल छिमेकी नेपालले साउन ११ गते पर्वत जिल्ला जलजला गाउँपालिकाका पहिरो प्रभावित २१ घरपरिवारलाई राहत वितरण गरेको छ । असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले जलजला गाउँपालिका वडा नं. ७ र ८ बाट साउन ७ गते पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपाललाई पहिरो प्रभावित घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइदिन अनुरोध पत्र प्राप्त भएअनुसार सहायता लिएर सो स्थानमा पुगेको बताए ।


राहतमा प्रत्येक घरपरिवारलाई १५ दिनलाई पुग्ने खाद्यान्न साथै अन्य अत्यावश्यक सामग्री प्रदान गरिएको छ । असल छिमेकी नेपालका बालकृष्ण केसीका अनुसारराहत सामग्रीमा चामल २५ केजी, दाल ३ केजी, मस्यौरा ८०० ग्राम, नुन १ केजी, तेल २ लिटर, साबुन नुहाउने र लुगा धुने गरी ४ वटा, टुथपेष्ट १ वटा, टुथब्रस ६ वटा, सेनेटरी प्याड ६ प्याकेट, पानी शुद्धीकरण चक्की १० चक्की, पोलर कम्बल २ थान, पि म्याट ४ मिटर, त्रिपाल १ थान, झुल २ थान र झोला १ थान रहेका छन् ।


कार्यक्रममा पोखरेली ख्रीष्टिय समुदाय असल छिमेकी नेपालका तर्फबाट अध्यक्ष भविन्द्र राना, महासचिव रामप्रसाद शर्मा, पोखरेली ख्रष्टिय दिदीबहिनी अध्यक्ष सरला अधिकारी, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, वडा नंं ८ का अध्यक्ष हरिविकास जिसी, वडा नं. ७ का अध्यक्ष तुङनाथ शर्मा, सुरक्षा निकायका तर्फबाट असई प्रेमबहादुर नेपाली लगायतको उपस्थिति थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top