कुरा गर्दागर्दे मोबाइल फोन पड्किँदा एक युवकको मृत्यु

 १६ साउन l भारतमा कुरा गर्दागर्दे मोबाइल फोन पड्किँदा एक युवकको मृत्यु भएको छ । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा मोबाइल चार्ज राखेको अवस्थामा कुरा गरेका ३१ वर्षीय चांगु मस्तान रेड्डीको मोबाइल फोन विस्फोट हुँदा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फोनमा कुरा गरिरहेको अवस्थामा अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल विस्फोट हुँदा घाइते भएका उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको थियो । प्रहरीका अनुसार मोबाइल फोन पूर्ण रुपमा जलेका कारण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन सकेको छैन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top