ट्राफिक नियमविपरीत सवारीसाधन चलाएर कारबाहीमा सबैभन्दा धेरै पर्ने मोटरसाइकल चालक

लमजुङ, १६ साउन l लमजुङमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी ५६ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् ।

सो अवधिमा जिल्लामा आठ हजार ५ सय ५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । २ सय ६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको उनले जानकारी दिए । गत आवको तुलनामा  नौ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी रु ४६ लाख ९३ हजार राजश्व संकलन गरिएको थियो ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप÷कार÷भ्यान चालक, एक हजार २ सय २७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपांग्रे साना सवारीसाधनका चालकबाट रु १४ लाख २६ हजार, ट्याक्टर चालकबाट रु नौ लाख २२ हजार, ट्रक चालकबाट रु सात लाख र बस चालकबाट  तीन लाख ५१ हजार राजश्व संकलन गरिएको छ

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top