कक्षा १२ को नतिजा भोलि प्रकाशित गर्ने

national-examinations-board-neb-nepal.jpg

काठमाडौँ, १६ साउन । राष्ट्रिय परीक्षा बोर्डलेकक्षा १२ को नतिजा  भोलि सार्वजनिक गर्ने भएको छ । आज सार्वजनिक गर्ने भनिएपनि बोर्डले भोलिमात्रै सार्वजनिक गर्न लागेको हो । गएको वैशाखमा लिएको कक्षा १२ को नतिजा आज सार्वजनिक भनिएपनि मिसिङको संख्या बढी भएकाले भोलि मात्रै प्रकाशित गर्न लागिएको बोर्डले भनेको छ ।

यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए। यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top