भारतीय दुतावासको फिल्ड कार्यालय आजबाट भारत सरकारले बन्द गर्ने

काठमाडौं, १६ साउन । मोरङको विराटनगरमा रहेको भारतीय दुतावासको फिल्ड कार्यालय आजबाट बन्द हुने भएको छ । २०६५ सालमा कोशी नदीमा आएको बाढीले सडकमा क्षति पुगेपछि सवारी साधन संचालनकका लागि स्थापना गरिएको सो कार्यालय आजबाट भारत सरकारले बन्द गर्न लागेको हो ।

२०६५ साल भदौ २ गते कोशी नदीमा आएको बाढीले सडकमा क्षति पुगेपछि सवारीसाधन चलाउन भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले अनुमति दिन सहजीकरणका लागि सो कार्यालय स्थापना गरिएको थियो ।

तर, स्थिति सामान्य भइसकेपछि पनि लामो समयसम्म फिल्ड कार्यालय बन्द नहुँदा नेपाली भुमिको दुरुपयोग भएको भन्दै चर्काे आलोचना भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top