४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १६ साउन  l 

गोरखा  ढुंगाले लागेर घाइते
आज मिति २०७५/०४/१५ गते अन्दाजी ०८:२० बजेको समयमा जिल्ला गोरखा धार्चे गाउँपालिका वडा नं। ५ माछीखोला स्थितमा नया निर्माण भईरहेको बेनीघाट लार्के सडकखण्डमा काम गर्न जाने क्रममा स्काभेटर चालक जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका ८ घर भएका वर्ष २४ को यम मगर माथीबाट खसेको पहिरोको ढुंगाले टाउकोमा लागी घाइते भएका छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्य चौकीमा ल्याई प्राथमिक उपचार भईरहेको   थियो   ।

तनहुँ  सवारी दुर्घटना ५ जना घाईते
मिति २०७५/०४/१५ गते अन्दाजी ०७:०० बजेको समयमा जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका (१ बेलभञ्ज्याङ स्थित पृथ्बी राजमार्गमा दमौलीबाट डुम्रेतर्फ आउँदै गरेको ना ५ ख ३८३० नं. को बस र बिपरित दिसाबाट जाँदै गरेको ना ४ ख २९६३ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा हुँदा दुबै चालक सहित गरी जम्मा ५ जान घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला स्थित बिभिन्न अस्पतालमा पठाईएको छ । प्रहरी घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको थियो ।

गोरखास्सवारी दुर्घटना २ जना घाईते
मिति २०७५/०४/१५ गते अन्दाजी १५:३० बजेको समयमा गोरखा आंवुखैरेनी सडकखण्ड अन्तर्गत पर्ने गोरखा नगरपालिका ९ ठिउरेस्वाराबाट लक्ष्मी बजार तर्फ जादै गरेको ग.१०प. ४०७८ न.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको ना।५त १०८३ न.को ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालक गोरखा नगरपालिका १२ दशकिलो बस्ने वर्ष २८ को मन ब।लामा र पछाडी सवार गोरखाकै पालुङटार नगरपालिका १ खोप्लाङ बस्ने वर्ष ३१ को जिवन लामा घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल गोरखामा पठाईएको छ । ट्यािक्टर चालक फरार रहेकाले खोजतलाश भईरहेको थियो ।

कास्की  बेहोस अवस्थामा फेला
मिति २०७५/०४/१५ गते अन्दाजी १५:१५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड हल्लनचोक स्थित सडक पेटिमा अन्दाजी वर्ष ४५ को जस्तो देखिने पुरुष ब्यक्ति बिरामि अवस्थामा लडि रहेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा गण्डकीमा पठाईएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top