नेपालब्रिटेन डट कम’ले गौरी जोशी लाई उत्कृष्ट उद्यमी’ अवार्ड प्रधान

gauri-joshi-768x469.jpg

काठमाडौं, १५ साउन । अध्ययनको सिलसिलमा विदेश पुगेका गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशी ‘वर्ष उत्कृष्ट उद्यमी’को उपाधि पाएका छन्। बेलायतबाट सञ्चालित ‘नेपालब्रिटेन डट कम’ले प्रदान गर्ने उक्त अवार्ड जोशीलाई दिइएको हो ।

नेपालब्रिटेन डट कम’को ११ औं वार्षिकोत्वसको अवसरमा घोषण गरिएको उक्त अवार्ड गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकमा संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रूपमा जोशीलाई प्रदान गरिएको हो । नेपालब्रिटेन डट कमले बेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली उद्यमीलाई सम्मान गर्दै आएको छ । चितवनको पुर्ख्यौली जग्गा बेचेर २१ वर्ष अघि अध्ययनका लागि अमेरिका पुगेका जोशीले सन् २००० मा टेक्सासको डालास युनिभरसीटीबाट इन्फरमेसन टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।

आइटी क्षेत्रमा कम्पनी ए टी एन्ड टीमा जागिर सुरु गरेका जोशीले सन २००७ मा भास्टिका नाम आइटी कम्पनी खोलेर विश्व आइटी बजारमा व्यवसाय सुरु गरेका थिए। अहिले भास्टिकाका करिव पाँच हजार उत्पादनहरू बजारमा स्थापित छन्। अमेरिकन, युरोपियन, बंगलादेशी, अफ्रिकन, श्रीलंकाली र अष्टेलियाका नागरिकहरूलाई उनले काम दिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top