गण्डकी प्रदेश प्रमुख कुँवरले गरे लमजुङ करापुटारमा रहेको ईशानेश्वर महादेवको दर्शन

पोखरा, १४ साउन । गण्डकी प्रदेश प्रमुखबाबुरामकुँवरले मध्यनेपालनगरपालिका वडा नं. ७ रामबजारस्थित ईशानेश्वर महादेव मन्दिरकोदर्शन गरेका छन् । साउनको दोस्रो सोमबार उनले करिब १० मिनेटसम्म मन्दिरमाविधिपूर्वक पूजाआजा गरेका हुन् ।

प्रदेश प्रमुखकुँवरले मन्दिरकापुजारी सुर्यमणी सोतीसँग टिका ग्रहण समेत गरेकाथिए । मन्दिरदर्शनपछि उनले संचारकर्मीसँग कुरा गर्दै गण्डकी प्रदेशमाआध्यात्मिकपर्यटनको ठूलो सम्भावना रहेकाले सरकारले यसको प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।

उनले आफू आध्यात्मिकव्यक्तिभएकाले अन्यमन्दिरमा जस्तै ईशानेश्वरमादर्शन गर्न पुगेको सुनाए । ‘अविभावकका हैसियतले प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायुको कामना सहितपूजाआजागर्नु मेरो कर्तव्य पनि हो’ प्रदेश प्रमुखकुँवरले भने ।

गण्डकी प्रदेशमा ईशानेश्वरजस्तै थुप्रै महत्वपूर्ण शक्तिपीठ रहेको उल्लेख गर्दै उनले यसको सम्बद्र्धन र प्रचारका स्थानीय सरकार, प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताए।

त्यस अवसरमा ईशानेश्वर महादेव क्षेत्रविकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले प्रदेश प्रमुखकुँवरलाई मायाँको चिनो प्रदान गरेका थिए । अध्यक्ष घिमिरेले मन्दिरको ऐतिहासिकता, उत्पत्ति, संचालना लगायतबारेमा प्रदेश प्रमुख कुँवरलाई जानकारी समेत गराएका थिए । मन्दिरमा साउनमहिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेलाविशेष मेलालाग्ने गरेको मध्यनेपालनगरपालिका वडा नं. ७ का अध्यक्ष गगन घिमिरेले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top