सरस्वती शर्मा जिज्ञासुको स्वर्ण जन्मोत्सवको अबसरमा अक्षकोषको स्थापना

पर्वत, १३ साउन  । नारी अग्रज स्रस्टा सरस्वती शर्मा जिज्ञासुको स्वर्ण जन्मोत्सवको अबसरमा ५ लाख भन्दा बढीको अक्षकोषको स्थापना भएको छ ।  आफ्नो ५० औं जन्मउत्सवको अबसर पारेर जिज्ञासुले विमल वाङमयरप्रतिभा पुरस्कार अक्षकोषको स्थापना गरेकी हुन् । माधुरी साहित्य प्रतिष्ठानको मातहतमा रहनेगरी स्थापना भएको उक्त अक्षयकोष ५ लाख ५० हजार बरारबरको रहेको छ ।


कार्यक्रममा विभिन्न साहित्यकारहरुको जमघट रहेको थियो । प्रज्ञा प्रेम छोटाको प्रमुख आथित्यतामा भएको aबोल्दै उनले जिज्ञासुले गरेको कार्यको प्रसंसा गरे । सोही अबसरमा जिज्ञासुको बायोग्राफि भिडियो समेत देखाएको थियो । जिज्ञासुले गरेका कार्यहरुलाई उक्त भिडियोमा समावेश गरिएको छ ।

प्रेम छोटाले मानिसहरुले जिज्ञासुले साहित्य क्षेत्रमा गरेको योगदानको स्मरण गरे । जिल्लामा रहेर माधुरी साहित्य प्रंतिष्ठानबाट नव माधुरी समेत प्रकाशन गरी सम्पादन समेत गर्दै आएकी जिज्ञासु साहित्य, पत्रकारीता, समाजसेवा र राजनीतिक क्षेत्रमा समेत सक्रिय रुपमा रहेकी छिन् । कार्यत्रममा धाैलागिरीमा रहेका साहित्य संगठनहरूकाे सहभागीता रहेकाे थियाे l

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top