शेखर कोइराला को प्रधानमन्त्री ओलीले ल्याएको पानी जहाज र रेल चढ्ने ठुलो रहर - SamacharpatiSamacharpati        

शेखर कोइराला को प्रधानमन्त्री ओलीले ल्याएको पानी जहाज र रेल चढ्ने ठुलो रहर

रुपन्देही, १२ साउन l प्रधानमन्त्री केपी शर्मा ओलीसँग विरोधलाई सुन्न र विरोधीलाई सामना गर्ने क्षमता छैन । यो आरोप नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले लगाएका हुन् । रिर्पोटर्स क्लब रुपन्देहीद्धारा रुपन्देहमिा आयोजीत कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर कोइरालाले मुर्दा शान्ति र विकास लोकतन्त्रमा असम्भव रहेको र प्रधानमन्त्री ओलीले त्यही शैली अपनाएको आरोप लगाएका छन् ।

फरक प्रशंगमा बोल्दै नेता कोइरुलालाले प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने रहर आफूलाई पनि लागेको बताएका छन् । प्रम ओलीप्रति पछिल्ले समय थप आक्रामक देखिएका कोइरालाले प्रधानमन्त्री ओली हावादारी कुरा गर्नमा माहिर रहेको दोहोर्याए । उनले थपे भ्रम एक पटक छर्नुभयो त्यसको उब्जनी पनि राम्रै भयो अब फेरि भ्रमको खेती चल्दैन हेरौँ उहाँले ल्याउने भनेको पानीजहाज र रेल कहिले आउँछ त्यो चढ्ने धोको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित