पोखराको अस्पतालको हालत, घाइते विरामीलाई ४ अस्पताल डुलाए पछि बल्ल उपचार

पोखरा, ११ साउन । पोखराका अस्पतालहरुमा बेला बेलामा घटना भईरहन्छन् । डाक्टरको लापरबाहीले विरामीको ज्यान गएको आरोपमा उनीहरुका आफ्न्त आन्दोलन गर्दछन् । तर शुक्रबार भने फरक खाल्को घटना घट्यो ।

अस्पतालमा सामान्य प्राविधिक मेसिनहरु नहुँदा एउटा विरामी ४ वटा अस्पताल फेर्न बाध्य भए । शुक्रबार काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेपछि घाईते भएका स्याङजाका एन्फा पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचन उपचारका लागि पोखरा ल्याईयो ।

सुरुमा नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा पु¥याईयो, कम्प्युटरले काम नगरेको प्रतिक्रिया दिएपछि उनलाई मनिपाल पु¥याईयो । मनिपालमा पनि सिटी स्क्यान गर्ने मेसिनले काम नगरेको भनेपछि फिस्टेल अस्पताल लगियो । सिटी स्क्यान भएपनि एमआरआई गर्ने मेसिन नभएपछि एमआरआईका लागि न्यूरोड स्थित पोखरा एमआरआई एण्ड डाईगोनोस्टिक सेन्टर लगियो । ज्वारचनलाई फिस्टेलमा भर्ना गरिएको छ । एमआरआई गरेपछि पुनः फिस्टेल लगिने परिवारले जनाएको छ ।

‘यति ठूलो शहरमा यति धेरै अस्पतालहरु छन् । तर पूर्ण प्रविधि कुनैमा पनि देखिएन, उनीसँगै रहेका एक सदस्यले भने–एउटा उपचारका लागि ४ ठाउँ डुलाईसक्यौं । विरामीको हालत के होला ?’ सामान्य मान्छेले यति धेरै डुलाएर उपचार गराउन नसक्ने भन्दै सरोकारवालाको ध्यान पुग्नुपर्ने उनी बताउँछन् । घाइते भएका विमारीलाई त अझ कठिनाई हुने गरेको उनले बताए ।

Newssource: Ganthan.com

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top