‘नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया’ले सामुहिक रुपमा दर खुवाउने कार्यक्रमको आयोजना

११ साउन l अष्ट्रेलियामा सकृय रहेको सामाजिक सस्था ‘नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया’ले सामुहिक रुपमा दर खुवाउने कार्यक्रमको आयोजना गरको छ । नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया’ले हिन्दु नारीहरुको महान् पर्व हरितालितका तीजको अवसरमा सामुहिक दर खुवाउने कार्यक्रको आयोजना गरेको हो । अध्ययन तथा व्यवसायको सिलसिलामा अष्ट्रेलियामा बस्दै आएका नेपाली महिलाहरुको लागि दर खुवाउने कार्यक्रको आयोजना गरीएको नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया’ले जानकारी दिएको छ ।

आयोजकले आउँदो सेप्टेम्बर १ तारिखका दिन कार्यक्रममा सहभागी भई आत्मियता बढाइदिनुहुन पनि सबैसँग आग्रह गरेको छ । नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया’ का अनुसार कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुनेछ । ‘दिदि बिहिनहरुलाई दर, नारी निकुञ्जलाई माइती बन्ने अवसर’ भन्ने नाराको साथ नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया’ ले कार्यक्रमको आयोजना गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top