सवारी चालक अनुमतिपत्र आवेदन आइतबार देखि खुल्ने

काठमाडौं, १० साउन । जेठ अन्तिमदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया आगामी आइतबारदेखि खुल्ने भएको छ ।करिव डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमती पत्र (लाईसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

देशैभरी साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभाग निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए । विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गरेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top