डा‍. गोविन्द केसीको माग पूरा नभएको भन्दै विरोधस्वरुप महाराजगन्जदेखि बालुवाटारसम्म विरोध र्‍याली

काठमाडौँ, १० साउन l २७ दिनदेखि अनसन अनशनरत डा‍ गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विरोध र्‍याली निकाल्न लाग्दा प्रहरीले रोकेको छ। सरकार डा केसीको माग पूरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप आयोजना गरिएको र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै रोकेको हो।

र्‍याली टिचिङ अस्पतालबाट साढे ९ बजे सुरु भएको थियो। र्‍यालीपछि बालुवाटारमा डाक्टर तथा विद्यार्थीले प्रदर्शन गर्न खाजेपनि प्रहरीले रोकिरहेको छ । सरकार उदासीन र कठोर बन्दै गएको भन्दै विरोध प्रदर्शन बढिरहेका छन्। बार्ता बसने भनिएपनि सरकारले उनको माग सम्बोधनका लागि कुनै ठोस पहल गर्न सकिरहेको छैन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top