मृगौला पिडित खिमकुमारीलाई लमजुङ सेवा समाज कतारको सहयोग

समाचारपाटी, पोखरा, ९ साउन । लमजुङको क्होलासोँथोर गाउँपालिका वडा नं. ७ स्थायी घर भएकी ४४ वर्षीय मृगौला पिडित खिम कुमारी गुरुङलाई सहयोग हस्तान्तरण गरिएको छ । लमजुङबाट रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरुको संस्था लमजुङ सेवा समाज कतारले गुरुङलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो ।

उक्त सहयोग रकम समाजका सदस्य सञ्जय रेग्मीले हस्तान्तरण गर्नुभयो । गुरुङ अहिले पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गराईरहनुभएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको गुरुङका छोरा प्रेम गुरुङले बताउनुभयो ।

उहाँले विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेको भन्दै आमाको उपचारका लागि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top