जहाजहरू भारत र चिन जान धेरै समय लाग्दैन : मन्त्रि अधिकारी

मुस्ताङ्गचोकबाट पुम्दि जाने बाटामा चार लेनको सडक बन्ने

 

पोखरा ८ साउन ।  संघिय सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारीले अब देशका अन्तराष्ट्रिय विमानस्थल चल्ने र देशका विभिन्न स्थानबाट जहाजहरू भारत र चिन जान धेरै समय नलाग्ने बताएका छन् । उनले देशमा रहेका जहाज बेचेर सक्किएको र देशमा आफ्नो जहाज नभएसम्म देशको विकास नहुनुका साथै पर्यटक नाभित्रिने समेत बताए ।

पोखराको गुप्तेश्वर गुफामा निर्मित बुढानिलकण्ठको मुर्ति अनावरण गर्ने कार्यक्रमा सहभागी हुन् पोखरा आएका उनले पोखराको मुस्ताङ्गचोकबाट पुम्दि जाने बाटोसम्म चार लेनको फराकिलो पेटी र ग्रिनेरी सहित गज्जबको बाटो बनाउने गरि ७० करोडको योजना अघि सारेको र यहि बर्षमा उक्त योजना कार्यन्वयननमा आउने समेत बताएका छन् । उनले थपे,राम्रो गरे राम्रै हुन्छ,नराम्रो गरे नराम्रो नै हुन्छ,काम नगरी बस्नेहरू अरुलाई गालि मात्र गरेर बस्छन ।

त्यस्तै पोखरा लेखनाथ वडा १७ का अध्यक्ष्य तिर्थराज अधिकारीले पोखरामा आउने पर्यटकका लागि डेभिड फल्स र गुप्तेश्वर गुफा प्रमुख गन्तब्य बनेको र अझै आकर्षणको केन्द्रविन्दु बनाउन सकिने धारणा राखे । कार्यक्रममा सहभागी हरूलाई सम्बोधन गर्दै उनले थपे पोखराका २१,२२,३३ र १७ नम्बर वडालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न साना सवारी चलाउने र होमस्टेको अवधारणा समेत आफुहरुले अघि सारेको बताए ।

आज अनावरण गरिएको बुढानिलकण्ठको मुर्तिको बारेमा जानकारी दिदै गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष्य विष्णु पौडेलले उक्त मुर्ति निर्माण गर्न हालसम्म १५ लाख रुपैया लागेको र अझै केहि काम गर्न बाकि रहेको जानकारी दिए । सडक बन्ने मुर्तिको लम्बाई २२ मिटर,चौडाई र मोडाई ६ फिट रहेको छ । मुर्तिकार तिलवीर सुनार सेन्चुरीले ६ महिनाको समय लगाएर गुप्तेश्वर गुफामा बनाएको बुढानिलकण्ठको मुर्ति ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top