नेपाली रीतिरिवाजको संरक्षणको लागि तीजको अवसरमाअष्ट्रेलियामा विशेष कार्यक्रम आयोजना

australia-.jpg

४ साउन l आउँदै गरेको हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियामा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । विगत लामो समयदेखि सकृय रहेको ‘मल्टी डाएनमिक’ सस्थाले विशेष तीज मेलाको आयोजना गर्न लागेको हो ।

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्न लागिएको ‘मल्टी डाएनमिक’ ले जानकारी दिएको छ । मेला आउँदो ११ तारिखबाट सुरु हुने बताइएको छ । नेपाली रीतिरिवाजको संरक्षणको लागि कार्यक्रमको आयोजना गरीएको आयोजक सस्थाले जानकारी दिएको छ ।

मेलामा नेपालका नाम चलेका कलाकारहरुको सहभागिता रहनेछ । ‘मल्टी डाएनमिक’ का अनुसार मेलामा कोमल वली, सान्तीश्री परियार, खुमन अधिकरी र तेजस रेग्मीको सहभागीता रहनेछ । कार्यक्रममा सहभागीताको लागि आयोजक सस्थाले सबै नेपालीसँग आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top